काठमाण्डाै । भोलिदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पुर्णरूपमा लागु हुने छ ।भोलि जेठ १ गतेदेखि नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई व्यवस्थित गर्न एमडीएमएस पूर्ण रुपमा लागू हुने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याएर भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था सरकारले गरेकाे छ ।