आजदेखि लुम्बिनीमा बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट सुरु

185

लुम्बिनीमा बिहीबारदेखि बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट (बीआईटीएम) सुरु भएको छ । बुद्ध जन्मस्थल लुम्बिनी  क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने लक्ष्यसहित नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) को आयोजनामा दोस्रो संस्करणको रूपमा बुद्धिस्ट ट्राभल मार्ट सुरु भएको हो । नेपाल पर्यटन बोर्डको संयोजनमा आयोजना भएको बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्टको सचिवालय नाट्टाले वैशाख २८ देखि ३० गतेका लागि भारत, मलेसिया, चीन, कोरिया, बङ्गलादेश, म्यानमार, थाइल्याण्ड, श्रीलङ्कालगायत देशबाट ट्राभल–टुर कम्पनीहरू सहभागी छन् ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उद्घाटन गर्ने भनिए पनि अन्तिम समयमा उहाँ उपस्थित हुन नसकेपछि  लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले कार्यक्रमको उद्घाटन गर्नुभयो ।

dengu 3 1

नाट्टाले विश्वभर नेपालको सम्पदा आध्यात्मिकलगायत पर्यावरणीय साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बीआइटीएम आयोजना गरिएको जनाएको छ ।नाट्टाका केन्द्रीय अध्यक्ष रमेश थापाले कोभिड महामारीपछि नेपालको पर्यटन गतिविधि पुनः सुचारु भइरहेको बताउनुभयो । पर्यटकीय आगमनलाई तीव्र बनाउँदै विश्वभर नेपाल भ्रमणका लागि सन्देश प्रवाह गर्ने र बुद्धभूमि लुम्बिनीलाई केन्द्रमा राख्दै आयोजना गरिएको ट्राभल मार्ट वैशाख ३० गतेसम्म चल्ने बताउनुभयो ।

 

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.