काठमाण्डाैँ । आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आगामी जुन-जुलाईमा जिम्बावेमा हुनेको खेलकाे लागी नेपालले अन्तिम तयारी दक्षिण अफ्रिकामा गर्ने प्रक्रिया अघि बढाएको छ। नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासका अनुसार विश्वकप छनोटको अन्तिम तयारी गर्न दक्षिण अफ्रिका जाने प्रक्रियामा नेपालले सुरू गरेकाे छ ।
दक्षिण अफ्रिकामा रहदा नेपालले दुई टिमसँग अभ्यास खेल खेल्न कुराकानी भइरहेको दासले बताए। उनले भने, ‘दक्षिण अफ्रिकामा स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्न कुरा भइरहेको छ।त्यसका लागि अहिले खेलाडी तथा अफिसियलको भिसाको काम भइरहेको भिसाको काम सकिएपछि औपचारिक रुपमा घोषणा गर्ने पनि बताएका छन ।नेपालले दक्षिण अफ्रिकामा दश दिन तयारी गर्ने जनाइएकाे छ । नेपाली टिम मे अन्तिम साता दक्षिण अफ्रिका जाने तयारीमा छ। दक्षिण अफ्रिकामा दश दिन बसेपछि नेपाली टिम प्रतियोगिता सुरु हुनुभन्दा एक साताअघि उतैबाट जिम्बावे पुग्नेछ।