काठमाण्डाेँ । चैत महिनामा चालु आर्थिक वर्षकै सबभन्दा धेरै रेमिटेन्स भित्रिएको छ। चैतमा मात्र एक खर्ब नौ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो। साउनदेखि चैतसम्ममा भने कुल नौ खर्ब तीन अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। विदेशी मुद्रा सञ्चितिमा सुधार आएको छ। विदेशी मुद्राको सञ्चिति १४ खर्ब ३३ अर्ब रूपैयाँ पुगेको छ। यस्तो सञ्चितिले ९ महिना १२ दिनको आयात धान्न सक्छ। नेपालबाट विदेशमा अध्ययनका लागि जानेले समेत यो नौ महिना अवधिमा ६७ अर्ब रूपैयाँ बाहिर लगेका छन्। यो रकममा ५२ प्रतिशतको वृद्धि छ।