काठमाडौं । बुधबार बिहान नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नियन्त्रणमा लिने क्रममा उनको घरको ढोका नै फुटेको रहस्य खुलेको छ । प्रहरी पुगेपछि कसैलाई फोन गर्न कोठाभित्र छिरेका खाँणले ढोका खोल्न आनाकानी गरेपछि प्रहरीले खाँण बसेको कोठाको ढोका नै फोडेर नियन्त्रणमा लिइएको हो । सो क्रममा केहीबेर प्रहरी र खाँणबीच घम्साघम्सीसमेत भएको प्रहरी स्रोतले जनाएको छ ।