काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ‘नाम जोडिएका’ काँग्रेस नेतृ आरजु राणा र पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको संलग्नताबारे प्रहरीले अनुसन्धान थालेको छ ।
सार्वजनिक भएको अडियो प्रकरणलाई नजिकबाट अनुसन्धान थालिएको छ भने त्यसमा नाम लिइएका दुई सांसद आरजु र मञ्जुको संलग्नताबारे प्रमाण जुटाउने प्रहरीले प्रयास गरिएको छ । आरजु र मञ्जु पनि दोषी देखिए पक्राउ पर्ने सम्भावना प्रबल छ । हाल उक्त अडियोको वैज्ञानिक परीक्षण भइरहेको प्रहरीले जनाएको छ ।खाँणकी पत्नी मञ्जु खाँड पनि आरजुसँग नजिक छिन् । भनिन्छ, उनीहरु बिजनेस पार्टनर पनि हुन् । त्यसैले पनि अहिले देउवा निवासमा त्रासको वातावरण छाएको छ ।
कलाकर्मी बाट प्रकाशित समाचार