गुल्मीकाे रेसुङ्गा विमानस्थलबाट मंगलवार र शुक्रवार उडान हुने

96

 तम्घास । गुल्मी स्थित रेसुङ्गा विमानस्थलमा अब देखि नेपाल वायुसेवा निगमले हप्ताको २ दिन मंगलवार र शुक्रवार उडान गर्ने भएको छ ।  नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाइ  रेसुङ्गा विमानस्थलबाट उडानकाे अनुमति दिएको हो । काठमाडौंबाट रेसुङ्गा     विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा जहाज उडान हुने र रेसुङ्गा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने समय तालिका रहेको छ । काठमाडौंबाट रेसुङ्गा विमानस्थल सम्मको दुरी ५० मिनेटको रहेको छ ।  रेसुङ्गा विमानस्थलबाट काठमाडौं सम्मको शुल्क प्रतिव्यक्ति ६ हजार रुपैयाँ लाग्नेछ ।

 

Leave A Reply

Your email address will not be published.