सन्धिखर्क । अर्घाखाँची जिल्लाकाे भुमिकास्थान नगरपालिकामा २ तिरतिरेमा लागेकाे आगाे एक्कासी बस्तीमा पसेपछी आगो निभाउने क्रममा घाइते भएकामध्ये ४ जनाको ज्यान गएको छ । पाल्पाको मिसन अस्पतालबाट काठमाडौं ल्याउने क्रममा गएराति नै उपचारको क्रममा भुमिकास्थान २ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर वेल्वासे, ५५ वर्षीय पदम वेल्वासे र ५२ वर्षीय घनश्याम वेल्वासेको मृत्यु भइसकेको छ । आगो निभाउने क्रममा ४ जनाको ज्यान गएपछि तिरतिरे खोला गाउँ शोकमा डुबेको छ ।