काठमाण्डाैँ । पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण नकै निवासबाट पक्राउ परेका छन्। बुधबार बिहान आफनै निवासमा पक्राउ परेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। पूर्वगृहमन्त्री खाणसहित उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका अभियुक्तहरूले खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको अडियो बाहिरिएको थियो। प्रहरीले त्यो अडियोमाथि पनि अनुसन्धान गरिरहेको छ। खाँण लाइ अहिले अपराध महाशाखा, बानेश्वर लगिँदै छ। प्रहरीले दुई दिनअघि खाणसँग प्रारम्भिक बयान लिएर कागज गरी छाडेकाे थियाे।