अर्घाखाँचीमा आगो निभाउने क्रममा ५ जना घाइते

73

सन्धिखर्क ।  अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका– २ तिरतिरे खोलाको जंगलमा लागेको आगाे बस्तीमा पसेपछि पाँच जना जलेर घाइते भएका छन्। मंगलबार बिहानैदेखि लागेको डढेलो एक्कासि बस्तीमा पसेपछि  स्थानीय ५५ वर्षीय पदम बेलबासेको टिनले छाएको २ तले कच्ची घरमा आगलागी भएपछि  घरको आगो निभाउने क्रममा पदम बेलबासेसहित ५ जना घाइते भएका हुन ।  घाइते सबैका अवस्था गम्भीर छ।उक्त घटनामा परी घाइते भएका सबैलाई थप उपचारको लागि सन्धिखर्कबाट युनाइटेड मिसन अस्पताल पाल्पा रिफर गरिएको प्रहरी  जानकारी दिएकाे छ ।।

b 4
Leave A Reply

Your email address will not be published.