टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा

278

काठमाडौं । नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ । हाल रायमाझी बस्दै आएको ललितपुर सातदोबाटोस्थित घरमा काठमाडौं र ललितपुरको संयुक्त प्रहरी टोली मंगलबार दिउँसो छापा मार्न पुगेको हो । नक्कली शरणार्थी प्रकरणमा रायमाझी पनि प्रहरी अनुसन्धानमा तानिएका छन् । उनीमाथि पक्राउ पुर्जी जारी भइसकेको छ। हाल उनी सम्पर्कविहीन छन् । रायमाझीका छोरा भने प्रहरी हिरासतमा छन्।

b 4
Leave A Reply

Your email address will not be published.