काठमाडौं । श्री एयरलाइन्सको जहाज रनवेमै रोकिंदा भैरहवा विमानस्थल करिब ५० मिनेट अवरुद्ध भएको छ । विमानस्थलको रनवे खाली नभएपछि काठमाडौंबाट आएको यतीको हवाईजहाज काठमाडौंमै फर्किएको थियो ।
अहिले भने श्री एयरलाइन्सको जहाज रनवेबाट हटाइसकिएको भैरहवा विमानस्थलका प्रवक्ता दीपक बज्राचार्यले जानकारी दिए । आज बिहान भैरहवाबाट काठमाडौं उडेको उडान नम्बर एसएचए ८२२ नम्बरको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि २० मिनेटमै भैरहवामै फर्किएर ल्याण्ड गरेको थियो । सो जहाजको ल्याण्डिङ गिएरमा समस्या देखिएपछि भैरहवामै फर्किएको विमानस्थल स्रोतले बतायो ।