जग्गा कीर्ते गरेको आरोपमा कपिलवस्तुकाे चन्द्रौटा बाट २ जना पक्राउ

72

 कपिलवस्तु ।  जग्गा किर्ते तथा जालसाझी गरेको आरोपमा  कपिलवस्तुको चन्द्रौटावाट  दुईजना पक्राउ परेका छन । नक्कली कागजात तयार गरी नक्कली राजीनामा वनाएर ठगी गरेको आरोपमा शिवराज नगरपालिका वडा न ११ थुन्हिया वस्ने कानुन तथा लेखापढि व्यवसायी समीती ईकाई चन्द्रौटाका अध्यक्ष राम निवास कुर्मी चौधरी र उनका सहयोगी रामप्रताप यादव पक्राउ गरेकाे छ  ।  उनीहरूले साविक विरपुर गाविस वडा न ९ स्थीत मुकेश यादवको नाममा रहेको जग्गा जग्गाधनी यादवलाई जानकारी नगराई नक्कली राजीनामा वनाएर ठगी गरेको आरोपमा वडा प्रहरी कार्यालय चन्द्रौटाले पक्राउ गरेको छ ।  कृष्णनगर नगरपालिका वडा न ११ वस्ने रेखा लोहारलाई जग्गा धनी मुकेश यादवको नाममा रहेको ११ धुर जग्गालाई जानकारी नगराई राजनीमा तयार गरेर रकम असुल गरेका थिए ।

चौधरीले पिडित लोहारलाई जग्गा पास भएको भन्दै दुई दिनमा जग्गाधनी पुर्जा उपलव्ध गराउने वताएका थिए । कार्यालय समय सकिएकाले दुई दिनमा आफै पुर्जा लिएर आउने वताएका चौधरीले चार दिन वित्दा समेत पुर्जा नआएपछि आफु ठगिएको अनुभव भएको वताईन । पिडित लोहारले आफु ठगिएको पता लागेपछि वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएकी थिईन । उजुरी पछि वडा प्रहरी कार्यालय चन्द्रौटाले चौधरी र यादवलाई पक्राऊ गरेको हो । प्रहरीले मालपोत कार्यालय चन्द्रौटालाई पत्र पठाई राजीनामा स्वीकृत गर्ने अधिकारी हस्ताक्षरको वास्वीकता, जग्गाको श्रेस्ताको विवरण झिकाएको थियो ।  विहीवार पक्राउ परेका चौधरी र यादवलाई थप अनुसन्धानको लागी जिल्ला अदालत कपिलवस्तुमा म्याद थपको लागी लगिएको छ ।

न्युज सेन्टर नेपाल

b 4
Leave A Reply

Your email address will not be published.