मेयर बालेन साह लाई आइस्पानकाे चेतावनी

88

काठमाण्डाैँ ।  इन्टरनेट सेवा प्रदायकहरूको छाता संगठन इन्टरनेट प्रदायक संघ नेपाल (आइस्पान) ले  महानगरले  इन्टरनेटका तारहरू काटिए महानगरको सबै सूचना प्रवाह समेत सेवा ठप्प हुने भन्दै तार नकाटन चेतावनी दिएका छन । ‘तार काटिए महानगरमै इन्टरनेट ब्ल्याक-आउट हुन्छ।अहिले हरेक क्षेत्रमा इन्टरनेटको प्रयोग भएको पाइन्छ। यो अत्यावश्यक भइसक्यो। महानगरसहित सिंहदरबारकै काममा समेत अवरूद्ध हुने (आइस्पान)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुभाष खड्का बताउँछन्। ‘हामीसँग तत्काललाई पोलबाट तार तानेर सेवा दिनुबाहेक अन्य विकल्प छैन। तार भूमिगत गर्न आवश्यक पूर्वाधार छैन,’ उनले भने, ‘त्यसैले तार काट्नु कतिको व्यावहारिक भन्नेबारे पनि बिचार पुर्‍याउन जरूरी छ। यहाँ महानगरका तार काटिँदा अन्य क्षेत्रमा समेत असर पर्छ।’

काठमाडौं महानगरपालिकाले अव्यवस्थित तारहरूका कारण सहर कुरूप देखिनुका साथै दुर्घटना निम्त्याएको भन्दै सम्बन्धित निकायहरूलाई तारको उचित व्यवस्थापन गर्न झक्झकाइरहेको छ। वैशाख १२ गते महानगरले १५ दिने अल्टिमेटम दिँदै आगामी वैशाख २७ गतेसम्म तारको उचित व्यवस्थापन नभए वैशाख २८ गतेदेखि आफैं तार काटिदिने चेतावनी दिएको छ।

 

 

Leave A Reply

Your email address will not be published.