नक्कली भुटानी शरणार्थी प्रकरणमा ओलीमाथि अनुसन्धान गर्न माग

74

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी वनाएर अमेरिका लाने भन्दै गरिएको ठगी प्रकरणमा नेकपा एमालेका अध्यक्ष एवम तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली माथि नै अनुशन्धान गर्नु पर्ने आवाज उठ्न थालेको छ। एमालेबाट विभाजन भएर गठन भएको नेकपा एकिकृत समाजवादीका नेता एवम पूर्वमन्त्री मेटमणि चौधरीले यस्तो माग गरेका हुन। उनले नक्कली शरणार्थी बनाएर करोडौँ कुम्ल्याउने गिरोहमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि संलग्नता रहेको संकेत गरेका छन्। तर, उनले ओलीको नाम भने उल्लेख गरेका छैनन्।

उनले फेसबुक मा पाेष्ट गर्दै यस्ताे लेखेका छन । 

नेपालिलाई भुटानि शरणार्थी बनाएर अमेरिका पठाउने गिराेहमा संलग्न जाेसुकै ब्यक्ति किन नहाेस उसलाई कानुनि कठघरामा उभ्याउनुपर्दछ । पहिलाे चरणकाे अनुसन्धानमा तत्कालीन मन्त्री, मन्त्रीका स्वकिय र उच्चपदस्थ कर्मचारीहरू तानिएका छन् । हिजाे र आज शिर्ष नेतृत्व तहमा देखिएकाे भेँटघाटले शिर्ष नेतृत्व समेत सलग्नता रहेकाे सजिलै अनुमान लगाँउन सकिन्छ । उक्त कार्य स्वयं तत्कालीन नेपाल सरकारले नै सस्थागत रूपमा मन्त्रिपरिषदकाे बैठकले गरेकाे थियाे । यसबाट प्रष्ट हुन्छ – स्वयं सरकार नै नेपालिलाई भुटानि बनाउने काममा लागिपरेकाे देखिन्छ ।यसैले तत्कालिन सरकारकाे प्रधानमन्त्री, गृहमन्त्री समेत कारबाहिकाे लागि याेग्य हुनुहुन्छ । वहाँहरूलाई पनि अनुसन्धानको दायरामा ल्याँउनुपर्दछ । नेपाली जनताहरूलाई जस्ताकाे तस्तै जानकारि गराँउनुपर्दछ ।
यस प्रकरणमा संलग्न जोसुकै व्यक्तिलाई कानुनी कठघरामा उभ्याउनु पर्नेमा जोड दिएका उनले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच हिजो भएको भेटघाटले पनि शीर्ष नेतृत्वको यसमा संलग्नताको सहज अनुमान गर्न सकिने बताएका छन्।
b 4
b 4
Leave A Reply

Your email address will not be published.