सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा क्याप्टेनसहित दुई जना गम्भीर घाइते

70

काठमाडौं । सङ्खुवासभामा भएकाे सिम्रिक एयरको हेलिकोप्टर  दुर्घटनामा  क्याप्टेनसहित दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा क्याप्टेन र स्थानीय भविन गुरुङ गम्भीर घाइते भएका हुन् । उनीहरुलाई नेपाली सेनाको टोलीले उद्धार गरेर उपचारका लागि पठाएको छ ।

हेलिकप्टरमै रहेका अर्का एक जना भने सकुशल रहेको बताइएको छ।माथिल्लो अरुण जलविद्युत् परियोजनाको सामग्री ढुवानी गरेर गएको हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टरको पंखा पहाडको भित्तामा ठोक्किएर दुर्घटनामा भएको बताइएको छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका छन् ।

b 4
Leave A Reply

Your email address will not be published.