यस वर्षकाे पहिलाे चन्द्र ग्रहण आज लाग्दै

81

काठमाण्डाै । आज चन्द्रग्रहण  लाग्दै छ तर, आज लाग्ने चन्द्रग्रहण नेपालबाट देखिने छैन  । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले बार्न पर्दैन ।आजको चन्द्र ग्रहण अरु बेलामा जस्तो पृथ्वीले छोपेको कालो छायाँ चन्द्रमामा देखिने छैन र चन्द्रमाको आकार परिवर्तन भएको पनि देखिने छैन ।यो चन्द्रग्रहणलाई पेनुमब्रल चन्द्रग्रहण भनिएको छ । चन्द्रग्रहण तीन प्रकारका हुन्छन्– पूर्ण, आंशिक र पेनुमब्रल । आजको चन्द्रग्रहण पेनुमब्रल हो । पेनुमब्रलमा चन्द्रमामा पृथ्वीको पूरै छाया नभइ उपछायाँ मात्र पर्छ । यसलाई अंग्रेजीमा पेनुमब्रा भनिन्छ ।

नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ अर्थात् पृथ्वीको छायाँको कालो भाग देख्न नसकिने, समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो  ।

 

b 4
Leave A Reply

Your email address will not be published.