यस वर्षको वर्षायाममा पानी कम पर्ने

81

 काठमान्डाैँ ।  जल तथा मौसम विज्ञान विभागले यस वर्षको वर्षायाममा औसतभन्दा कम वर्षाको प्रक्षेपण गरेकाे छ। आगामी मनसुन अर्थात् चार महिनाको ऋतुगत मौसम आकलन गर्दै देशैभर औसतभन्दा कम वर्षा हुने र अधिकतम तापक्रम पनि औसतभन्दा बढी हुने जनाएको हो। नेपालमा १३ जुनदेखि २ अक्टुबरसम्मको अवधिलाई मनसुन भनिन्छ।

सरदरभन्दा कम वर्षा हुने सम्भावना स्थानविशेष फरक रहेको छ। कर्णाली प्रदेशका अधिकांश भूभाग, गण्डकी प्रदेशका धेरैजसो भूभाग, सुदूरपश्चिम प्रदेशका मध्य तथा उत्तरका थोरै भूभाग, लुम्बिनी प्रदेशका पश्चिमी तथा मध्य भूभाग र कोसी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ।

स्राेतः नयाँ पत्रिका

b 4
Leave A Reply

Your email address will not be published.