काठमाडौं । राष्ट्रपतिको कार्यालय शीतलनिवासमा बिहीबार प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलसँग ’ ले भेटेका छन्। भेटमा प्रधानमन्त्रीले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाको जानकारी लिनुका साथै आजै हुने मन्त्रीहरुको सपथ र संसदको बजेट अधिवेशनका बारेमा छलफल गरेका छन्। राष्ट्रपति कार्यालयले राष्ट्रपति र प्रधानमन्त्रीबीचको आजको भेटलाई नियमित भनेको छ।