धरान । बिहीबार सुनसरीको धरान उपमहानगरपालिका-१३ शिवधारास्थित कोशी राजमार्गबाट २२७ किलो गाँजासहित दुई जनालाई सशस्त्र प्रहरी बल (एपिएफ)ले पक्राउ गरेको छ। धनकुटाबाट इटहरी जाँदै गरेको प्रदेश १-०२-००१ ख ९४८९ नम्बरको ट्रकलाई चेक जाँच गर्दा उक्त ट्रकमा ८ वटा पोका पारेको २२७ किलो ४०० ग्राम गाँजा बरामद भएको डिएसपी थापाले बताए। पक्राउ पर्नेमा धनकुटाका ३४ वर्षीय चन्द्र थापा क्षेत्री र सहचालक तेह्रथुमका २८ वर्षीय चुडामणि कटुवाल छन्। प्रहरीले ६० हजार नेपाली रुपैयाँ, ४ वटा मोबाइल सेट, बाटोको इजाजत पत्र र सवारी दर्ता प्रमाणपत्र समेत बरामद भएको छ।