काठमाण्डाै । माैसम पुर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय प्रणाली कमजोर बन्दै गएकाले आजदेखि मौसममा केही सुधार आउने जनाएकाे छ ।पानी पर्ने क्रम पनि बिस्तारै कम हुँदै जाने हिजोको भन्दा आज र आजभन्दा भोलि क्रमिक रुपमा मौसममा सुधार आउने सम्भावना छ । तर, मौसम पूरै सफा हुन भने समय लाग्ने जनाइएकाे छ । विशेषगरी पहाडी क्षेत्रमा बिहान दिउँसो मौसम खुले पनि बेलुकीपख पानी पर्नेछ ।