टाेप बहादुर रायमाझीका छाेरा सन्दीप लाई आज अदालत पेस गरिँदै

72

काठमाडौं । अर्घाखाँची क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा बुधबार बेलुका रुपन्देहीबाट पक्राउ परेका सन्दीपलाई आज अदालतमा पेस गरिँदैछ ।आज काठमाडौं ल्याउने र अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौंमा पेस गर्ने प्रहरी स्रोतले जनाएको छ । उनलाई आज बिहान भैरहवा विमानस्थलबाट काठमाडौं ल्याइँदै छ । जिल्ला अदालतले बुधबार टोपबहादुर र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

 

 

b 4
Leave A Reply

Your email address will not be published.