काठमाण्डाैँ । एसिसी प्रिमियर कपको उपाधि जितेका तथा एसिया कपमा छनाेटमा पुर्याउने नेपाली क्रिकेट खेलाडीहरूलाई सरकारले जनही ६ लाख रुपैयाँका दरले पुरस्कार दिने निर्णय गरेको छ । सरकारकी प्रवक्ता एवम सन्चार मन्त्री रेखा शर्माले बुधबार बसेको मन्त्रिपरिषद बैठकले क्रिकेट खेलाडीलाई जनही ६ लाख र राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई जनही ३ लाख रुपैयाँ दिने तथा किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको बनाउन आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गर्ने निर्णय पनी गरेको जानकारी दिएकी छिन ।