यार्सागुम्बा संकलनको क्रममा चिसोले कठ्यांग्रीएर २ जनाको मृत्यु

77

बझाङमा यार्सागुम्बा संकलनको क्रममा २ जनाको मृत्यु भएको छ। यार्सागुम्बा संकलनका क्रममा अत्यधिक हिमपात र पानी परेपछि घर आउने बेला चिसोले कठ्यांग्रीएर सुर्मा गाउँपालिका – ४ का अन्दाजी ४५ वर्षीय प्रमु बोहराको मंगलवार र सोमबार  सुर्मा गाउँपालिकाकै –५ सैन गाउँका ३३ वर्षिय कलक बोहराको मुत्यु भएको हो। मृत्युको खबर प्राप्त भएकोले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वरप्रसाद भण्डारीले बताए ।

 

Leave A Reply

Your email address will not be published.