साउदीको भ्रमण गरेको भन्दै मेस्सी २ हप्ताका लागि निलम्बित

168
biddhut

काठमाडौं । क्लबसँग अनुमति नलिई साउदी अरबको भ्रमण गरेको भन्दै पेरिस सेन्ट जर्मेन पीएसजीले अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीलाई  २ हप्ताका लागि निलम्बन गरेको छ । २ हप्ताको निलम्बनमा परेका मेस्सीले पीएसजीका २ वटा खेल गुमाउने छन्  । लियोनल मेस्सीकाे पीएसजीसँगको सम्झौता यो सिजनपछि सकिँदै छ । निलम्बनको समयमा मेस्सीले क्लबमा प्रशिक्षण र पारिश्रमिक पनि पाउने छैनन् ।

dengu 3 1

मेस्सीले साउदी अरबको भ्रमणमा जान अनुमति मागेका थिए । तर क्लबले उनलाई अनुमति दिएन । तर पनि पर्यटन प्रवर्द्धनको एउटा कार्यक्रममा सहभागी हुन मेस्सी साउदी अरब पुगेका थिए । उनी साउदी अरबको पर्यटन बोर्डको अफिसियल ब्राण्ड एम्बेसडर हुन् ।

b 4
budd 1 1
Leave A Reply

Your email address will not be published.