रास्वपा लाई सरकारमा सामेल गराउन प्रचण्डकाे कसरत

71

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समसामयिक विषय र गठबन्धनमा आबद्ध दलबीचको भागबन्डा मिलाउनआज ६ दलको बैठक बोलाएका छन् ।  प्रचण्ड नेतृत्वको सरकारलाई दश दलको समर्थन रहेको छ । तर रास्वपा, जनमत र राष्ट्रिय जनमोर्चा समर्थन दिए पनि सरकारमा सहभागी छैनन्।

गृह मन्त्रालय नदिएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो । अहिले आएर रास्वपाले दुई सिट हासिल गरेपछि प्रधानमन्त्रीले सरकारमा ल्याउने इच्छा राखेका छन् ।  केही दिन अघि रवि लामिछाने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । रवि भेट्न पुगेपछि प्रधानमन्त्री प्रचण्डले बधाई तथा शुभकामना दिँदै रास्वपाको सरकारप्रतिको धारणा बुझेका थिए । भारी मतका साथ निर्वाचित भएपछि प्रचण्डले रास्वपालाई सरकारमा ल्याउन र गृह मन्त्रालयको विषयमा समेत लचक बनेको बताइएको छ ।

सत्ता गठबन्धनका सबै दल रास्वपालाई सरकारमा सहभागी गराउन सकारात्मक देखिए पनि पहिल्यै लिइसकेको मन्त्रालय भने छाड्न तत्काल तयार छैनन्। रास्वपाले यसअघि गृहसहित शिक्षा,  श्रम र स्वास्थ्य राज्यमन्त्री पाएको थियो ।  गृहमा सभापति लामिछाने, शिक्षामा शिशिर खनाल र श्रम तथा रोजगारमा डोलप्रसाद अर्याल मन्त्री थिए भने स्वास्थ्य राज्यमन्त्रीमा तोसिमा कार्की थिइन्।  अहिले गृहमा नारायणकाजी श्रेष्ठ, श्रम मन्त्रालयमा लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी,  शिक्षामा  जसपाका अशोक राई मन्त्री रहेका छन् । उनीहरू मन्त्रालय छोड्न तयार रहेका छैनन् ।  स्राेतः हाम्रा कुरा

b 4
Leave A Reply

Your email address will not be published.