काठमाडौं । जिफन्टको कार्यक्रमलाई सम्बोधन गर्दैनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले पाएको उपलब्धिविरुद्ध अनेक खालका शक्तिहरू सल्बलाउन थालेको बताएका छन्।पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै अनुकूल परिस्थिति आयो कि आएन भनेर दुलोबाट हेरिरहेको बताएका छन।
‘अहिले चौतर्फी ढंगले अनेक प्रकारका तत्त्वहरू, अनेक प्रकारले लोकतन्त्र र जनताले पाएको उपलब्धिको विरुद्ध, अनेक प्रकारका तत्त्वहरू सक्रिय भएर सल्बलाउन थालेका छन्। कोही कोही दुलाबाट फुत्त निस्किउँला कि झैँ गरेर, मुसोले बिरालो छ कि छैन भनेर दुलोबाट हेर्छ नि। अहिले अनुकूल परिस्थिति आयो कि आएन भनेर यसो हेर्न थालेका छन्। नेपाली जनता सजक हुनुपर्छ।’
नेपाल प्रेस