काठमाडौं । किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा चलेकाेएसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण अवरुद्ध भइरहेको छ । मौसमको अवस्था हेर्दा आज परिणाम आउनेमा विश्वस्त हुने स्थिति छैन । खेल २७.३ ओभरमा यूएईले ९ विकेट गुमाएर १०६ जाेडदा द्राेस्राे पटक लगातार पानी परे सगैँ पुन सुरू हुन सकेकाे छैन । नेपालका बलरहरु पूर्णरुपमा हावी भइरहँदा यूएई झिनो रनमा समेटिने अस्वस्था थियो ।
यदि आज खेल हुन सकेन भने भोलिलाई रिजर्भ डे राखिएको छ । धेरै समर्थकहरुको चासो छ, भोलि फेरि खेल हुँदा आज नेपालले लिएका ९ विकेट के हुन्छन् ? ‘आज खेल जुन स्थितिमा छ, त्यहीँबाट सुचारु हुन्छ । सुरुबाट हुँदैन,’अहिलेको नियम अनुसार आज पूरा खेल हुन नसकेको खण्डमा भोलि खेल सुचारु हुने क्यानका प्रवक्ता दुर्गा पाठकले बताएका छन ।