काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी मुख्यालयमाकेन्द्रीय समितिको बैठक जारी छ। उपचुनावमा पार्टीले प्राप्त गरेको जनमत, सरकारलाई दिएको समर्थन तथा सरकारमा सहभागिता र आगामी कार्यदिशाबारे छलफल भइरहेको नेताहरुले जानकारी दिएका छन्। उपनिर्वाचनपछि सत्ता गठबन्धन, विशेष गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन्। प्रचण्डले सोमबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रास्वपा सरकारमा सहभागी हुने विश्वास व्यक्त गरेका थिए।