सरकारले भोलि अर्थात बैशाख १८ गते सार्वजनिक बिदा दिने भएको छ । भोली (सोमबार) मजदूर दिवसको अवसरमा देशभरी सार्वजनिक बिदा हुने भएको हो । मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको सम्झनामा प्रत्येक वर्ष मे १ काे दिन यो दिवस मनाउन थालिएको हो । मजदूर संगठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने तयारी गरेका छन् ।
सार्वजनिक बिदा भएसँगै भोलि सरकारी कार्यालय ,विद्यालय, बैंक तथा वित्तीय संस्था, सेयर बजार हरु बन्द हुनेछन् ।