रास्वपा संसदिय दलका नेता अर्याल द्वारा राजीनामा

67

काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिनुभएको छ । हिजाे शनिवार बसेको संसदीय दलको बैठकमा उहाँले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाउनु भएको पार्टीले जनाएको छ ।

पार्टीको संसदीय दलको बैठक सोमवार भाेलि बस्ने र बैठकले पार्टी सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्ने तयारी भएको रास्वपा नेता अर्यालले जानकारी दिनुभयो । यही वैशाख १० गते सम्पन्न भएको उपचुनावमा चितवन क्षेत्र नं २ बाट सभापति लामिछाने निर्वाचित हुनु भएसँगै शुक्रवार शपथ लिनुभएको थियो ।

उज्यालाे अनलाइन

b 4
Leave A Reply

Your email address will not be published.