रेसुङ्गा विमानस्थलमा नेपाल एयरलाइन्सको परीक्षण उडान सम्पन्न

88

तम्घास ।   गुल्मीको रेसुङ्गा विमानस्थलमा शुक्रबार नेपाल एयरलाइन्सको परीक्षण उडान सम्पन्न भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नाइनएन-एबिटी जहाज बिहान ७ बजेर ३९ मिनेटमा रेसुङ्गा नगरपालिका–१० स्थित सिमीचौरमा अवतरण भएको हो। नेपाल एयरलाइन्सले अब नागरिक उड्डयन प्राधिकरणसँग नियमित उडानका लागि  सेड्युल  माग्नेछ। त्यसका साथै व्यावसायिक उडान सुरू हुने निगमले बताएको छ।

जिल्ला सदरमुकाम तम्घासबाट करिव ५ किलोमिटर कच्ची बाटो पछि विमानस्थल पुग्न सकिन्छ । रेसुङ्गा विमानस्थलको धावनमार्गको ५ सय २० मिटर लम्बाइ र २० मिटर चौडाइ छ ।  विमानस्थलमा गत पुस २४ गते तारा एयरको १८ सिट क्षमताको जहाजले पनि सफल उडान गरेको थियो ।विमानस्थल निर्माणका लागि करिब ३३ करोड रूपैयाँ खर्च भएको छ ।

Leave A Reply

Your email address will not be published.