रोजेको मन्त्रालय दिएर रवि लामिछानेलाई सँगै लैजानुपर्छ : मन्त्री किराती

71

काठमाण्डाै ।  नेपाल पर्यटन बोर्ड तथा होटल व्यवसायी महासङ्घ नेपालद्वारा शुक्रवार  संयुक्तरूपमा आयोजित दुई दिने तालिम कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिएर सँगै लैजानुपर्ने बताउनुभएको छ । नागरिकले सबैभन्दा धेरै विश्वास गरेर लामिछानेलाई सबैभन्दा बढी मतले विजयी गराएको बताउनुभयो । नागरिककाे विश्वासमाथि सम्मान गर्नुपर्ने उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘रवि लामिछानेजीलाई उहाँले छानेको मन्त्रालय दिएर लैजाऔँ । नागरिककाे विश्वासमाथि सम्मान गरौँ । सबै पार्टी प्रतिपक्षी नबसौँ, देश आर्थिक सङ्कटमा छ, एउटै डुङ्गामा छौँ, प्वाल परेर पानी पसे त डुबिन्छ नि । देश रहे पो पार्टी रहन्छ, झण्डा रहन्छ, देशै नरहे के रहन्छ ?’ मन्त्री किरातीले नागरिकले ठूला राजनीतिक दलहरूलाई सच्चिन आग्रह गरेको र सबै मिलेर जान सुझाव दिएको बताउनुभयो । उहाँले नेपालीहरू कोही पनि एकअर्काको शत्रु नभएको भन्दै एकले अर्कोलाई गालीगलौज गरेर अघि नपुगिने बताउनुभयो । देश आर्थिक सङ्कटमा रहेकाले कुनै पनि पार्टीलाई प्रतिपक्षमा नबस्न उहाँकाे आग्रह छ । उज्यालाे अनलाइन

b 4
Leave A Reply

Your email address will not be published.