काठमाडौं । वैशाख १० मा सम्पन्न उपनिर्वाचनबाट चुनिएका तीन जना प्रतिनिधि सभा सदस्यहरुको शपथग्रहण आज हुँदै छ । बारा २ बाट निर्वाचित उपेन्द्र यादव, चितवन २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेले आज बिहान साढे ११ बजे शपथ ग्रहण गर्न लागेका हुन् । सभामुख देवराज घिमिरेले आजै ११ : ३० बजे उनीहरुलाई सिंहदरबार स्थित संसद सचिवालयमा शपथ खुवाउन लागेका हुन्। प्रतिनिधि सभा बैठकमा भाग लिनु अघि सांसदले शपथ ग्रहण गर्नुपर्ने व्यवस्था छ। सभामुख देवराज घिमिरेले उनीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गर्नेछन् ।