गाेरखा २ ले पायाे प्रधानमन्त्री र मुख्यमन्त्री

काठमान्डाैँ । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधी सभा र प्रदेश सभामा गाेरखा क्षेत्र नं. २ बाट सासंद सरकार प्रमुख र प्रदेश सरकार प्रमुख भएका छन । आज गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ३५ सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्ती भएका हुन । पाण्डेलाई प्रदेश प्रमुख गुरुङले प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । पाण्डेको नियुक्तिसँगै प्रचण्डले चुनावका बेला गरेको वाचा पूरा भएकाे छ ।
मंसिरको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा गोरखामा तत्कालीन सत्ता गठबन्धनका उम्मेदवारले ‘क्लिन स्वीप’ गरेका थिए।गोरखा क्षेत्र नम्बर २ जौवारी घर भएका नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सांसद छन्। माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री पनि छन्।