काठमाडौँ । नेपालका पूर्व फुटबल प्रशिक्षक अब्दुल्ला अलमुतइरी अफगानिस्तान फुटबल टिमको प्रशिक्षक बनेका छन् । अफगानी फुटबल फेडेरेसनले अब्दुल्लालाई नयाँ प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको छ । कुवेतका अब्दुलाले यस अघि नेपालको फुटबल टिमको प्रशिक्षकको रुपमा काम गरेका थिए । उनले नेपालका लागि २०२१ देखि २०२२ सम्म १९ खेलमा प्रशिक्षक बनेका थिए ।
अफगानी फुटबल फेडेरेसनले अब्दुल्ला छिट्टै काबुल पुग्ने र सम्झौतामा हस्ताक्षर गर्ने बताएको छ ।