गुल्मीमा जीप दुर्घटनामा परी एक जनाकाे मृत्यु

75

गुल्मीकाे मालिका गाउँपालिकाकाे दर्लिङ्गबाट बाग्लुङको बडिगाड गाउँपालिकाको भिमगिठेका लागि छुटेकाे लु १ च ९९११ नम्बरको जीप मालिका गाउँपालिका-२ काे खाल्टुङ्ग खोलामा गए राति दुर्घटना हुदाँ एकजनाकाे मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार साे जीपका सहचालक बाग्लुङ बडिगाड गाउँपालिका–९ का १८ वर्षका किशोर केसीको मृत्यु भएकाे हाे । साे दुर्घटनामा घाइते जीप चालक प्रेम बहादुर केसीकाे भने लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचार भइरहेको छ ।

b 4
Leave A Reply

Your email address will not be published.