काठमाडौँ । वैशाख १० मा भएकाे उपनिर्वाचन मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चितवन–२, बारा २ र तनहुँ–१ तिनै क्षेत्रमा जमानत जफत भएको छ । हिन्दु राष्ट्र र राजतन्त्र पुनर्स्थापना तथा सङ्घीयता खारेजीको मुद्दा उठाउँदै आएको राप्रपाले उपनिर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा जमानत समेत जोगाउन सकेन ।
तनहुँ– १ मा राप्रपाकी शोभा गुरुङले भने जम्मा २१८ मत मात्र पाएकी छन् ।
चितवन–२ मा राप्रपाका जीवलाल पुरीले ३६१ मत मात्र पाएका छन्।
बारा- २ मा पनि पछिल्लाे अपडेट अनुसार राप्रपाका उम्मेदवार सोनालालप्रसाद साह तेलीले भने जम्मा ५३ मत पाएका छन् ।
राताेपाटी