क्रिकेटर सन्दीप लामिछानेविरुद्धको सुनुवाई स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा रहेको उनको मुद्दाको सुनुवाइ समय अभावका कारणले स्थगित भएको सन्दीपका अधिवक्त सरोजकृष्ण घिमिरेले बताए । सन्दीपविरुद्धको मुद्दाका अर्को सुनुवाई आगामी वैशाख २४ गतेलाई तोकिएको छ ।‘ चार जनाको बहस सुनिसेकपछि हेर्दाहेर्दैमा राख्नुपर्ने हो । तर, उहाँले ठाडै इन्कार गर्नुभयो । आफैंले फैसला गर्दा विवादमा पर्ने डरले पन्छाउनुभएको हुन सक्छ