काठमाण्डाैँ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा १८ अर्ब रुपैयाँभन्दा बढीको मोवाइल आयात भएको छ । गत चैत मसान्तसम्ममा १८ अर्ब ६६ करोड रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ । स्मार्टफोनको आयात निजी क्षेत्रबाट हुँदै आएको छ ।नेपालमा बढी आयात हुने १० बस्तुमध्ये स्मार्टफोन ९औं स्थानमा छ ।
गत चैत मसान्तसम्ममा नेपालले १२ खर्ब १ अर्ब ५० करोड रुपैयाँ बराबरको बस्तु आयात गरेको छ भने १ खर्ब १८ अर्ब २७ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । निर्यात व्यापार पनि गत आर्थिक वर्षको तुलनामा २६.३४ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको ९ महिनामा १ खर्ब ६० अर्ब ५७ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । चैत मसान्तसम्ममा १० खर्ब ८३ अर्ब २२ करोड रुपैयाँ बराबरको नेपालको व्यापार घाटा भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने १३ खर्ब ६ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो । व्यापार घाटा भने गत आर्थिक वर्षको ९ महिनाको तुलनामा १७ प्रतिशतले घटेको हो ।
क्यानडा नेपाल