भोकभोकै मरे स्वर्ग जाने मान्यता राख्ने ४७ जनाकाे लाश फेला

77

केन्याकाे पूर्वी भागमा आफूलाई भोको राखी मृत्युवरण गरेमा स्वर्ग गइने मान्यता राख्ने क्रिस्चियन धर्मावलम्बीहरूको एक समूह का अलिकति मात्र गाडेको अवस्थामा ४७ वटा लाश प्रहरीले फेला पारेको छ । अधिकारीहरूले अहिलेसम्म ४७ वटा लाश उत्खनन गरिसकेका छन् ।

फौजदारी अनुसन्धानका प्रमुख चार्ल्स कामाउले लाशको मात्र खोजी नगरी जिउँदो रहेका मानिसलाई पनि खोजिरहेको बताएका छन् । ती जिउँदाहरूले खाना खान मानेका छैनन् ।गत शुक्रवार मालिन्दी नजिक शाकाहोला जंगलमा लाशहरू देखिएपछि अनुसन्धान थालिएको हो । गत अप्रिल १४ मा पल म्याकेन्जी नामक पास्टरलाई कल्ट चलाएको आरोपमा पक्राउ गरिएको थियो । उनको स्वामित्वमा रहेको भूमिमा थप लाश पाइने अपेक्षा छ ।

लाेकान्तर

b 4
Leave A Reply

Your email address will not be published.