काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र सिंहदरबार भित्रको फोहोर उठाउन अन्तरिम आदेश दिएको छ ।अधिवक्ता पदमबहादुर श्रेष्ठद्वारा दायर गरिएको रिटमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले सिंहरदरबार भित्रको क्षेत्र, राष्ट्रपतिको कार्यालय शितल निवास तथा प्रधानमन्त्री कार्यालय रहेको क्षेत्रका फोहोर उठाउने आदेश दिएको हो । महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले संघीय सरकारले आफूहरुसँग समन्वय नगरेको भन्दै गत चैत २४ गतेदेखि ती क्षेत्रको फोहोर नउठाउन निर्देशन दिएपछि पछिल्लो दुई सातादेखि ती क्षेत्र दुर्गन्धित भएका छन् ।