गुल्मी ।  गएराती गुल्मीकाेधुर्कोट गाउँपालिका-३ को बर्दबास सामुदायिक वनको आगो निभाउने क्रममा जलेर एक बालकको ज्यान भएको छ । एक जना गम्भिर घाइतेलाई थप उपचारका लागि काठमाण्डौं पठाइएको छ । डढेलोबाट दुई घर जलेर नष्ट भएको छ ।

 आगो निभाउने क्रममा घम्भीर घाइते भएका दुई जना मध्ये सोही गाउँका १३ वर्षीय बालक दिपक मुखियाको उपचारका क्रममा आज बिहान ५.१० को समयमा पाल्पाको प्रभास अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकृत प्रहरी निरीक्षक रबिन्द्र कुमार श्रेष्ठका अनुसार अर्का घम्भीर घाइते सोही स्थानका धन बहादुर कुवरको प्रभासमा उपचार हुन नसकी बुटवल पाठाइएकोमा त्यहाँ पनि उपचार हुन नसकेपछि काठमाण्डौं रिफर गरिएको छ । घाइतेको पूरै शरीर जलेको छ ।

त्यस्तै इस्मा गाउँपालिका-पटाती स्थित चापटारी सामुदायिक वनमा लागेको आगो फैलिँदै जादा स्थानीय रुद्र बहादुर कुमालको तीन तले घर र गोठ जलेर पूर्ण रुममा क्षती भएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । उनका अनुसार सोही स्थानका शिबलाल कुमालको दुई तले घर र घोठ पनि जलेर पूर्ण रुपमा क्षती भएको छ । उद्धार कार्यमा अस्थायी प्रहरी पोस्ट धानार्जेबाट प्रहरीहरु खटिएको बताइन्छ। ग्लाेबल आवाज

wada 3 lu tato

By Aavash

Leave a Reply

Your email address will not be published. Required fields are marked *