सम्मरीमाईमा ४२.५ प्रतिशत योजना सम्झौता, ५९ योजना सम्पन्न

82

 लुम्बिनी ।  रुपन्देहीको सम्मरीमाई गाउँपालिकाले ४२.५ प्रतिशत योजनाको सम्झौता गरेको छ । गाउँपालिकाको गाउँसभाबाट पारित गरेका योजना मध्ये ४२.५ प्रतिशत योजनाको सम्झौता गरी कामको शुरुवात गरिसकेको जनाएको छ । सम्झौता भएका एक सय १९ योजना मध्ये ५९ वटा योजनाको निर्माण सम्पन्न भइसकेको योजना शाखा प्रमुख राम जतन कोहारले जानकारी गराए । उनले भने, “गाउँपालिकास्तरका एक करोड ७३ लाख तथा वडास्तरका तीन करोड ३२ लाख २० हजार बराबरका योजना निर्माणको चरणमा रहेका छन् ।” त्यसैगरि ५७.९५ प्रतिशत योजना समझौताको चरणमा रहेको उनले बताए ।

गाउँपालिकाको योजना शाखा प्रमुख कोहारँले सम्झौता हुन बाँकी रहेका एक सय ६४ योजनाहरुको पनि असार मसान्त भित्रै निर्माण कार्य सम्पन्न गर्ने गरी काम भईरहेको उल्लेख गर्दै सम्पन्न भएका योजनाको भुक्तानी दिने काम पनि सँगसँगै भईरहेको जानकारी दिए । गाउँपालिकाले पालिका भित्र शुरु भएका बिकास निर्माणका कामको अनुगमनलाई पनि तिव्रता दिएको उनले बताए । बिभिन्न उपभोक्ता समुह तथा ठेक्का सम्झौता मार्फत निर्माण वयवसायीले शुरु गरेका बिकास निर्माण कार्यको गुणस्तर तथा प्रगतीबारे बुझ्नका लागि अनुगमनलाई तिव्रता दिईएको गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक कुमारी प्रियंका शाही सिंहले बताइन् । गाउँपालिकाले शुरु गरेको योजनाको भुक्तानी गर्नु पुर्व सबै योजनाको अनुगमन गर्ने गरिएको बताउदै समयमै काम नगर्ने तथा गुणस्तरहीन काम गर्ने उपभोक्ता समिति÷निर्माण व्यवसायिको कुनै पनि रकम भुक्तानी नहुने गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक सिंहले बताइन्

गाउँपालिका उपाध्यक्ष सिंंहको संयोजकत्वमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत झबिलाल भट्टराइ, योजना शाखा प्रमुख राम जतन कोहार, आर्थिक प्रशासन शाखा प्रमुख प्रकास पौडेल, प्राबिधिक शाखा प्रमुख इन्जिनियर रामदेव गुप्ता तथा सम्बन्धित बडाका अध्यक्ष लगायतको योजना अनुगमन समितिले निर्माणधीन योजनाको अनुगमन गर्ने गरेका छन् । सम्मरीमाई गाउँपालिकाले पालिका क्षेत्रभित्र सडक, पुल, कुलो, सामुदायिक भवन र बिद्यालय भवन निर्माण लगायतका बिकास निर्माण कार्यलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तवले बताए । उनले भने, “संघीय सम्पूरक बजेटबाट एक र प्रदेश सम्पूरक बजेटका दुइ योजना पनि सम्झौता भएर निर्माणका चरणमा छन् ।”

b 4
Leave A Reply

Your email address will not be published.