ताैलिहवा । लाइन्स क्लब अफ कपिलवस्तु प्राचीन को दोस्रो साधारण सभा बाट राजेश ज्ञवाली को अध्यक्षतामा १५ सदस्यिय समिति निर्बिरोध निर्वाचित भएकाे छ । प्रमुख अतिथि एक्सटेन्सन एन्ड रिजन चेयर प्रसन सुरेश भट्टराई बिशिष्ट अतिथि एक्सटेन्सन एन्ड प्रोग्राम चेयर प्रसन कृष्ण प्रसाद पाण्डे लायन्स क्लब अफ कपिलवस्तु प्राचीन का अध्यक्ष रविन्द्र नाथ ठाकुर को अध्यक्षता मा सम्पन्न भयो। लाइन्स क्लब काे अध्यक्षमा निर्बिरोध निर्वाचित भएपछी कार्यक्रममा बाेल्दै
राजेश ज्ञवालीले नगरपालिका ले जग्गा उपलब्ध गराए लायन्स क्लब को भवन बनाउने र लायन्स क्लब इन्टरनेशनल को सहयोग मा डायलासिस संचालन गर्ने। यशोधरा गाउँ पालिका मा आँखा उपचार केन्द्र स्थापना गर्ने। एनिमिया बिरुद्ध जनचेतना कार्यक्रम संचालन गर्ने। गरिब विपन्न बिधार्थी लाइ शैक्षिक सामग्री गरिब विपन्न लाइ पाल,खाद्ध्यान तथा लुगा वितरण गर्ने बताउनु भयो।