आज देखी राष्ट्रिय भिटामिन ‘ए’ अभियान सुरू

83

राष्ट्रिय भिटामिन ‘ए’ अभियान आजदेखि सुरू भएको छ। अभियान अन्तर्गत  ६ महिनादेखि पाँच वर्षमुनिका महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाइनेछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अभियान आज र भोलि दुई दिनसम्म सञ्चालन हुनेछ। मन्त्रालयले देशभरीका बालबालिकालाई पायक पर्ने स्वास्थ्य चौकीमा लगि बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउन अभिभावकहरूलाई अनुरोध गरेको छ।

स्वास्थ्य सेवा विभागका अनुसार यसपालि २७ लाख बालबालिकालाई भिटामिन ए र २४ लाख बालबालिकालाई जुकाको औषधी खुवाइनेछ। जुकाको औषधी भने १ वर्षमाथिका बालबालिकालाई खुवाइन्छ। सरकारले बालबालिकालाई वैशाख र कात्तिकमा गरी दुई पटक भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने गरेको छ।

b 4
Leave A Reply

Your email address will not be published.