सरकारले आफैं उठाउन थाल्यो फोहोर

62

काठमाडौं महानगरले सिंहदरबारको फोहोर नउठाएपछि सरकारले आफैं फोहोर व्यवस्थापन थालेको छ। सहरी विकास मन्त्रालयका अनुसार संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले फोहोर व्यवस्थापनका लागि परिवर्तन सेवा प्रालिसँग सम्झौता गरेको हो।काठमाडौं महानगरपालिकाले संवैधानिक एवं कानुनी प्रावधानविपरीत फोहोरमैला व्यवस्थापन गर्ने कार्यमा आफ्नो दायित्वबाट विमुख भएर अवरोध सिर्जना गरेकाले केन्द्रीय सचिवालय रहेको परिसर, अतिविशिष्ट र विशिष्ट पदाधिकारीहरूको निवासको स्थानबाट फोहोर व्यवस्थापनका लागि परिवर्तन सेवा प्रालिसँग सम्झौता गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

b 4
Leave A Reply

Your email address will not be published.