काठमाडौं । मिटरब्याजी पीडित र नेपाल प्रहरीबीच झडप भएको छ।आ न्दोलनरत मिटरब्याजी पीडित समूह र प्रहरीबीच सोमबार झडप भएको हो ।मिटरब्याज पीडितको समूहले सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेसँगै झडप भएको प्रहरीले जनाएको छ ।मिटरब्याजी पीडित समहूले ब्यानरसहित सिंहदरबारमा प्रदर्शनका लागि निस्कने क्रममा प्रहरीले रोकेपछि झडप भएको जनाइएको छ ।
झडपमापरि केही मिटरब्याजी पीडित र प्रहरी घाइते भएका छन्।प्रहरीले मिटरब्याज पीडितलाई लखेट्न पानीको फोहोरा र लाठी हानेको छ । प्रहरीको लाठी लागेर ४/५ जना मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।