भैरहवाको तापक्रम ४०.८ डिग्री सेल्सियस

78

काठमाडौं । केही दिनयता देशभरको तापक्रम निरन्तर बढ्दो क्रममा छ । कतिपय स्थानको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस आसपास पुगेको छ ।मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणमा हाल १२ स्थानको अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि छ । महाशाखाले १६ स्थानको विवरण सार्वजनिक गरेको छ । हिजो (आइतबार) दिउँसो मापन गरी सार्वजनिक गरिएको  महाशाखाको पछिल्लो विवरणानुसार भैरहवाको अधिकतम तापक्रम सबैभन्दा बढी छ । सिमराको ३९.६, जनकपुरको ३९.५, नेपालगन्जको ३९.४, धनगढीको ३८.५, दिपायलको ३७.४, विराटनगरको ३७.२, वीरेन्द्रनगरको ३६.२, घोराहीको ३५.७,   पोखराको ३२. २, काठमाडौंको ३१.५  धनकुटाको  ३०.७          डिग्री सेल्सियस छ ।

b 4
Leave A Reply

Your email address will not be published.