संसदमा प्रधानमन्त्री हराएको सूचना

76

काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समय बाेल्दै एमालेका सांसद रघुजी पन्तले प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको सूचना वाचन गरेका छन ।  संसदमा बैठकमा प्रधानमन्त्री प्रचण्ड अनुपस्थित भएपछि सांसद पन्तले व्यंग्य गर्दै , ‘नागरिकताको नाम पुष्पकमल दाहाल, चलनचल्तीको नाम प्रचण्ड, स्थायी ठेगाना फेरिराख्ने, अस्थायी ठेगाना कहिले खुमलटार कहिले बालुवाटार, हुलिया पहिले पहिले कोट पाइन्ट लगाउने गरे पनि हाल दौरा सुरुवाल र टोपी पनि लगाउने उमेर ६५ नाघेर ७० नपुगेको जस्तो देखिने ।उहाँ केही दिनअघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छोडेकाले उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला । उहाँ अन्तिम पटक देखिएको स्थान बालुवाटारको छेउछाऊ ।

समाचार स्राेतः नेपाल समाचारपत्र

Leave A Reply

Your email address will not be published.